सुनकाे मूल्य कति पुग्याे ?


 


भाेजपुर, बैशाख ६

सुनचाँदीको मूल्य सोमबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५४ हजार ५ सय रुपैयाँ रहेको छ भने चाँदीको भाउ प्रतितोला ७ सय ५० रुपैयाँ कायम भएको छ।

गत एक हप्ताको मूल्य हेर्दा भने सुनभन्दा चाँदीको मूल्य बृद्धिदर अत्याधिक बढेको छ। चैत २८ गते पनि सुनको भाउ प्रतितोला ५४ हजार ५ सय रुपैयाँ नै थियो। सोही दिन चाँदीको भाउ ७ सय १५ रुपैयाँ थियो।

प्रकाशित मिति: ६ बैशाख २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्