सरकारी कर्मचारीको तलब बढ्यो


 


काठमाडौं १५ जेठ – सरकारले सरकारी कर्मचारीहरुको तलव वृद्धि गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेटमा कर्मचारीको तलव वृद्धि गरिएको हो ।

बुधबार संसदमा नयाँ बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले तलव वृद्धिको घोषणा गरेका हुन् । बजेटमा राजपत्राङ्कित कर्मचारीको तलव १८ प्रतिशत र राजपत्र अनङ्कित कर्मचारीको तलव २० प्रतिशतले वृद्धि गरिएको छ ।

राजपत्राङ्कित समूहमा शाखा अधिकृतभन्दा माथिका कर्मचारी पर्दछन् भने राजपत्र अनाङ्कितमा नायव सुब्बादेखि तलका सरकारी कर्मचारी पर्दछन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्