अन्तर्राष्ट्रिय कराते जेठ पहिलाे सातादेखी


 


काठमाडौँ, वैशाख १८

दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आगामी जेठ ६ गतेदेखि नेपालमा हुने भएको छ । नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो सामाखुसीको आयोजनामा राजधानीमा हुने प्रतियोगितामा नेपालसहित छ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहने छ ।

प्रतियोगिताको पुरुषतर्फ १५ र महिलामा १३ गरी जम्मा २८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक नेपालबाट सर्वाधिक ४०० तथा पाकिस्तानबाट सबैभन्दा कम १० खेलाडीले भाग लिने छन् ।

त्यस्तै, भारतले ३००, बङ्गलादेश र श्रीलङ्काले १५–१५ तथा भुटानले १३ खेलाडी सहभागी गराउने आयोजक डोजोका प्रमुख तथा प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिए ।

तीनदिने प्रतियोगिताअन्तर्गतका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । गत संस्करणको उपाधि नेपालले जितेको थियो ।

प्रकाशित मिति: १८ बैशाख २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्