१० बलमा ४ विकेट झार्दै दिल्ली विजयी


 


cric

पछिल्लो १० बलमा चार विकेट लिँदै दिल्ली डेयरडेभिल्सले आईपीएलमा कोलकत्ता नाइट राइडर्सलाई २७ रनले पराजित गरेको छ ।

शनिबारको पहिलो खेलमा १८७ रनको लक्ष्य पछ्याएको कोलकत्ता १८.३ ओभरमा १५९ रन जोड्दा अलआउट भयो । १७ ओभरको समाप्तीपछि कोलकत्तालाई १८ बलमा ३६ रन चाहिएको थियो र चार विकेट हातमा थियो । तर, १८ औं ओभरमा क्रिस मोरिसले जेसन होल्डर र रोविन उथप्पाको विकेट लिए भने अर्को ओभरमा सुनिल नारायण रन आउट भए भने जाहिर खानले उमेश यादवको विकेट लिए ।

कोलकत्ताका लागि उथप्पाले ७२ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कोलकत्तालाई सस्तैमा समेट्ने क्रममा जाहिर खान र कार्लोस ब्रेथवेटले ३-३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १८६ रन बनाएको थियो । उसको सुरुवात निकै खराब थियो । ३२ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, करुन नइर र शम विलिङले पारी सम्हाले । चौथो विकेटका लागि १०५ रनको साझेदारी गरे । करुन नइरले ६८ रन बनाए भने विलिङले ५४ रनको महत्वपूर्ण पारी खेले । ब्रेथवेटले ३४ रन बनाए । आन्द्रे रसेल र उमेश यादवले समान ३-३ विकेट लिएका छन् । 

प्रकाशित मिति: १८ बैशाख २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्