आइपिएलमा आइतबार मुम्बई र पञ्जाव विजयी


 


ipl22

बैशाख, २०- इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार रातिको खेलमा मुम्बई इण्डियन्स् विजयी भएको छ । पुनेमा भएको खेलमा मुम्बईले राइजिङ पुने सुपरजाइन्टस्लाई ८ विकेटले हराएको हो । राइजिङ पुने सुपरजाइन्ट्सले दिएको १ सय ६० रनको लक्ष्य मुम्बइले ९ बल बाँकी छँदा दुई विकेटको क्षतिमा पुरा गर्यो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले नट आउट ६० बलमा ८५ रनको योगदान दिए । उनले आठ चौका र तीन छक्का प्रहार गरे । यस्तै जोस बुल्टरले २७, अम्बती रायडुले २२ र पार्थिव पटेलले २१ रनको योगदान दिए ।

पुनेका लागि अशोक दिन्डा र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको राइजिङ पुने सुपरजाइट्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५९ रन बनायो । उसका सौरभ तिवारीले ४५ बलमा ५७, स्टेभेन स्मिथले २३ बलमा ४५ र कप्तान महेन्द्र सिंह धोनीले २४ बलमा मात्र २४ रन बनाए ।

जारी लिगमा मुम्बई इण्डियन्स् १० अंक सहित दोस्रो स्थानमा पुगेको छ भने पुने चार अंक सहित छैठौँ स्थानमा छ ।

पहिलो खेलमा पञ्जाव विजयी

panjab

आइतबार दिउँसो भएको पहिलो खेलमा किंग्स इलेभेन पञ्जाव विजयी भएको थियो । पञ्जावले शीर्ष स्थानको गुजरात लायन्सलाई २३ रनले हरायो । अंक तालिकाको पुछारमा रहेको पञ्जावको सातौ खेलमा यो दोश्रो जित हो।

डेबिड मिलरलाई हटाएर मुरली विजयलाई कप्तान बनाएको पञ्जावलाई नयाँ कप्तानले पहिलो खेल नै जिताएका हुन् । जितका लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

प्रकाशित मिति: २० बैशाख २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्