मोरङको पथरी वजारमा जोडिएका सिसी क्यामेराले काम गर्न छाडे, सुरक्षा चुनौति वढ्दो


 


पथरी/ मोरङको पथरी वजार क्षेत्रमा जोडिएका सिसि क्यामेराले काम गर्न छाडेका छन पछिल्लो समय नगर क्षेत्रमा एक पछि अर्को घट्दै आएका असामहिक मृत्युका घटनाले नगरवासीमा सनत्रास फैलिरहेका वेला भने वजारमा जोडिएका सिसी क्यामेरा चल्न छाडेका छन् । गत जेष्ठ २४ गते वाट सञ्चालनमा आएको क्यामेरा जडान भएको २ दिन पछि वन्द भएको भएता पनि हाल सम्म मर्मत हुन सकेको छैन । पछिल्लो २ महिनाको अवधिमा नगर क्षेत्रका विभिन्न स्थानमा गरेर ४ वटा शव भेटिएका छन् ।

भने नगरको सुरक्षालाई मजवुत वनाउन जडान गरिएको क्यामेरा भने वन्द भएका छन् । सडकमा क्यमरा देखिन्छन् तर ति क्यामेराले कुनै रेकर्ड भने गर्न नसकेको पाइएको छ । क्यामराको निरिक्षण ईलाका प्रहरी कार्यालयले गर्दै आएको भएतापनि कार्यालय सम्म पु¥याईएको तारमा समस्या आएपछि जोडिएको २ दिन देखि क्यामराले गर्ने काम वन्द भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । नगर क्षेत्रमा शान्ति सुव्यवस्था चुस्त बनाउन प्रहरीको विशेष सक्रियताकासाथ सवै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको भन्दै गत बैशाख २४ गते नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा वसेको वैठकले निश्कर्ष निकालेको थियो ।

तर जडान भएको २ पछि काम गर्न छाडेको क्यामरा भने अझ सम्म मर्मत हुन सकेको छैन । बैशाख २४ गते नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा नगरपालिकाले बोलाएको सर्वपक्षीय वैठकमा सहभागीले नगरमा हुँदै गएका रहस्यमय मृत्यु प्रकरणले नगरमा छाएको अशान्तीलाई सवै मिलेर सहज बनाउन लाग्नु पर्नेमा जोड त दिएका थिए तर ति सवै बैठकका ऐजेण्डामा मात्र सिमित भएका छन् ।

शान्ति सुव्यवस्था कायम गर्न र अपराध अनुसन्धानमा प्रहरी सक्रिय वन्न नसकेको यसअघिको परिवेशलाई चिर्दै रात्रीकालिन गस्ती समेत गर्ने निर्णयको सो वैठकको निषकर्ष भएता पनि पछिल्लो समय यो कार्य समेत न्युन हुदै गाएको भेटिएको छ । विगत ४ महिनाको अवधिलाई हेर्ने हो भने पथरीमा २ वटा रहस्यमय मृत्यु रिना वस्नेत र षडराज तामाङको भएको छ ।

भने बैशाख देखि विगत २ महिनाको अवधिमा ४ वटा शव भेटिएका छन् । यसरी जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेको यतिका दिन भैसक्दा पनि स्थानिय सरकार र सरोकार वाला पक्ष भने मौन रहेको छ ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्