एट्लेटिको मड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा


 


Atletico goalkeeper Oblak (

काठमाडौंः स्पेनिस क्लब एट्लेटिको मड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब बायर्न म्युनिखलाई समग्रमा २–२ गोलको बराबरी खेले पनि पनि अवे गोलका आधारमा एट्लेटिको फाइनलमा पुग्न सफल भएको हो ।

आफ्नो घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा १–० को जित निकाल्न सफल एट्लेटिकोले बायर्नको घरेलु मैदान एलियान्ज एरिनामा बुधबार बिहान भएको खेलमा २–१ ले पराजित भएपनि एट्लेटिको फाइनलमा पुगेको हो ।

पराजयसँगै बायर्नका प्रशिक्षक पेप ग्वार्डिओलाको विदाइ पनि पीडादायी भयो । बुन्डेस लिगाको उपाधि जित्ने बाटोमा रहेको बायर्नलाई ग्वार्डिओलाले च्याम्पियन्स लिगको पनि उपाधि दिलाउन चाहन्थे तर त्यसो भएन ।
Bayerns Robert Lewandowski Score
स्पेननिस क्लब बार्सिलोनाको प्रशिक्षक रहँदा तिनै डिएगो सिमिओनेको एट्लेटिकोसँग कडा टक्करको सामना गरेका ग्वार्डिओलाको सपनामा फेरि एट्लेटिको नै बाधक बन्यो ।

यद्यपि घरेलु मैदानमा भएको खेलमा अग्रता भने बायर्नले खेलको ३१ औं मिनेटमा जाबी अलोन्सको गोलमा लिन सफल भएके थियो ।
त्यसपछि ३५ औं मिनेटमा पाएको पेनाल्टीलाई थोमस मुल्लर सदुपयोग गर्न नसक्नु बायर्नको दुभार्गग्यको कारण बन्यो ।

पहिलो हाफमा पछि परेको एट्लेटिको दोस्रो हाफमा खेलमा फर्कियो । खेलको ५४ औं मिनेटमा एट्लेटिकोका लागि एन्टेनियो ग्रिजमनले गोल गरे ।

त्यसपछि खेलको ७४ औं मिनेटमा बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई २–१ मा पुर्याए । तर बायर्नलाई खेल जित्न अझै अर्को गोलको खाँचो थियो ।

पहिलो लेगको एक र दोस्रो लेगमा अर्को गोल गरेको एट्लेटिकोलाई रोक्नका लागि बायर्ननले स्पष्ट ३–२ को नतिजा निकाल्नुपर्ने थियो । यस्तोमा बायर्न चुक्यो ।

उसको अर्को दुभाग्र्य ८४ औं मिनेटमा टर्यो । एट्लेटिकोका लागि फर्नान्डो टोरेसले पाएको पेनाल्टी चुकाए । त्यसपछि दुबै टीमबाट गोल हुन सकेन।

खेलको ५४ औं मिनेटमा एट्लेटिकोले गरेको अबे गोल बायर्नको सपना टुटाउन पर्याप्त भयो । समग्रमा २–२ को नतिजा निकालेको एट्लेटिकोले अबे गोलको फाइदा उठाउँदै करिब ३ वर्षपछि च्याम्पियन्स लिगको फाइनल तय गरेको छ।

अब एट्लेटिकोले बिहीबार बिहान म्यानचेस्टर सिटी र रियल मड्रिडबीच हुने दोस्रो सेमिफाइनलका बिजेतासँग इटालीको रोममा उपाधि भिडन्त गर्नेछ।

प्रकाशित मिति: २२ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्