दिल्लीले शिर्ष स्थानको गुजरातलाई ८ विकेटले हरायो


 


Vivo IPL M31 GL v DD

वैशाख २२ऽ, इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । दिल्लीले गुजरात लायन्सलाई ८ विकेटले हराएको हो । गुजरातले प्रस्तुत गरेको एक सय ५० रनको लक्ष्य दिल्लीले १७ दशमलव २ ओभरमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । दिल्लीका ऋषभ पन्तले ४० बलमा ६९ तथा क्विन्टन डी ककले ४५ बलमा ४६ रन बनाए । गुजरातका शिभिल कौशिक र रविन्द्र जडेजाले एक एक विकेट लिए । यसअघि राजकोटमा पहिले

ब्याटिङ गरेको गुजरातले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा एक सय ४९ रन बनायो । उसका लागि दिनेश कार्तिकले ४३ बलमा ५३, रविन्द्र जडेजाले २६ बलमा नटआउट ३६ तथा कप्तान सुरेश रैनाले २० बलमा २४ रन बनाएपनि हार टार्न सकेनन् । दिल्लीका शाहवाज नदिमले दुई विकेट लिए । हारपछि पनि ९ खेलमा ६ मा विजयी र तीनमा पराजित भएको गुजरात १२ अंकसहित शीर्ष स्थानमा कायम छ । सात खेलमा पाँचमा विजयी र दुईमा पराजित भएको दिल्ली १० अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: २२ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्