फुटबल खेल्दाखेल्दै खेलमैदानमै खेलाडीकाे ज्यान गयाे


 


kheladiवैशाख २५

क्यामरुनका मिडफिल्डर प्याट्रिक एकेङगको निधन भएको छ । रोमानियन लिग अन्तर्गत शुक्रबार राति भिआइटोरलसँगको खेलको क्रममा डाइनामो बुकारेस्ट क्लबका मिडफिल्डर एकेङग ७० औं मिनेटमा मैदानमा लडेका थिए ।

उनलाई हृदयघात भएको हो । २६ वर्षका एकेङगलाई तत्कालै अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएको दुई घण्टापछि उनको निधन भएको हो । क्यामरुनको फुटबल एसोसिएसनले एकेङगको निधन भएको पुष्टी गरेको छ ।

उनको पूर्व क्लब कोर्डोबाले उनको निधनले निकै दुखी भएको र यो दुख व्यक्त गर्ने शब्द नै नरहेको बताएको छ । सन् २००३ मा क्यामरुनका मिडफिल्डर मार्क विविएन फोए फ्रान्समा भएको कनफेडेरेसन कप अन्तर्गत कोलम्बियासँगको खेलको क्रममा हृदयघातका कारण निधन भएको थियो ।

प्रकाशित मिति: २५ बैशाख २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्