राष्ट्रिय जागरण अभियानका विषयमा काँग्रेसले छलफल गर्दै


 


काठमाडौं । नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराईमधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणमा खटाएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग बुधबार छलफल एवंम अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा जागरण अभियानको प्रथम चरणका सबै केन्द्रीय प्रतिनिधिसँग बुधबार अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अभियानको एक महिनामा सबै जिल्ला, क्षेत्र, गाउँ(नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, आन्तरिक सभाहरु, खुला सभा, र्‍याली, विचार-बहसलगायत कार्यक्रम सम्पन्न भएका पार्टी कार्यालयले जनाएको छ । जागरण अभियानको प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ गते सम्पन्न भएको थियो ।

प्रकाशित मिति: ११ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्