भाेजपुर अाइडलकाे चाैथाे सिजन धमाधम


 


शुशिला राई

भोजपुर वैशाख २६

कटुञ्जे युवा क्लवको आयोजनामा सञ्चालित चौथो पुर्वाञ्चल व्यापी भोजपुर आइडल गायन प्रतियोगीताको तेश्रो चरणको छनौट सम्पन्न भएको छ । प्रतियोगीता बहुउदेश्यीय कला केन्द्र मा सम्पन्न भएको हो । तेश्रो चरणमा सहभागी २० मध्ये बाट १८ जनाले भोटिङ राउण्डमा प्रवेश पाएका छन् ।

भोजपुर खोटाङ सुनसरी संखुवा सभा का कलाकारहरुको सहभागीता रहेको प्रतियोगीतको निर्णयक भुमीका गायक कुमार तामाङ हिरण राई र नविन राई ले गर्नु भएको थियो । सेमेफाइनल भदौको अन्तिम र फाइनल माघमा सम्पन्न गरिने आयोजक कटुञ्जे युवा क्लवका अध्यक्ष बाजेन्द्र किरातिले बताउनुभयो । सस्तो मनोरञ्जनका लागि नभएर स्थानिय प्रतिभालाई मुलधारमा पुराउनका उध्येश्यले आयोजना गरीएको अध्यक्ष राईले बताउनुभयो

प्रकाशित मिति: २६ बैशाख २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्