Deshko News
९ आश्विन २०८०, मंगलबार

निलम्बनमा परेका ४ पदाधिकारीलाई पुनर्वहाली गर्न फिफाको निर्देशन



fifa

फिफाले एन्फाद्वारा निलम्बन गरिएका चार जना पदाधिकारीलाई पुनर्वहाली गर्न निर्देशन दिएको छ।

उपाध्यक्षहरु कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकजविक्रम नेम्बाङलाई पुर्नवहाली गर्न फिफाले एन्फालाई निर्देशन दिएको हो। यस्तै आगामी २३ मे भित्र पुनर्वहाली गर्दै फिफाले एन्फाको अध्यक्ष चयन गर्न पनि निर्देशन पनि दिएको छ।

झण्डै दुई दशक बढी एन्फामा अध्यक्ष रहेका गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले १० वर्षको प्रतिबन्ध र २० हजार स्वीस फ्रयाङ्क जरिबानाको निर्णय गरेको थियो। ‘इथिक्स कमिटी’को त्यस निर्णयमाथि थापाले गरेको अपिल पनि फिफाले खारेज गरेको थियो। त्यसपछि फिफाले रिक्त रहेको अध्यक्ष पदकमा निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको हो। थापा प्रतिबन्धमा परेपछि मनोनित उपाध्यक्ष नरेन्द्र श्रेष्ठ एन्फाको कार्यवाहक अध्यक्ष छन्।
फिफाले पत्रमा आगामी जेठ १० गतेभित्र निलम्बनमा परेका तीन जना उपाध्यक्ष र एक सदस्यलाई समेत पुनर्वहाली गर्न निर्देशन दिएको छ। एन्फाले कार्यसमिति बैठकमा लगातार चार पटक अनुपस्थित रहेको भन्दै एन्फा उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पङ्कज नेम्वाङलाई एन्फाले निलम्बन गरेको थियो।
एन्फा नेतृत्वविरुद्ध आन्दोलनरत तीन उपाध्यक्ष शेर्पा, मानन्धर र राई तथा सदस्य नेम्वाङलाई कार्यसमितिले असोज ११ मा साधारण सभासम्म निलम्बन गरेको थियो ।
शेर्पाको नेतृत्वको फुटबलकर्मीहरूको समूहले हाल फिफाबाट भ्रष्टाचारको अभियोगमा १० वर्षे प्रतिबन्ध भोगिरहेका एन्फा अध्यक्ष गणेश थापा तथा एन्फाविरुद्ध सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए।

एन्फाले फुटबलको विषयलाई अदालत लगेको, लगातार तीन कार्यसमिति बैठकमा अनुपस्थित भएको लगायतका कारण देखाउँदै चार पदाधिकारीलाई साधारणसभा नभएसम्मभन्दै निलम्बन गरेको थियो।
एन्फालाई नयाँ निर्वाचन गर्न निर्देशनसहितको पत्र मंगलबार प्राप्त भएको बताउँदै प्रवक्ता एवम् प्रमखु कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, ‘पत्रमा नयाँ निर्वाचन गर्न भनिएको छ, यस विषयमा हामी कार्यसमिति बैठकमा राखी छलफल गर्नेछौँ।’
अहिले फिफा कार्यबाहक नरेन्द्र श्रेष्ठ, महासचिव धिरेन्द्र प्रधानलगायतका पदाधिकारी मेक्सिकोमा हुने फिफाको ६६ औँ कांग्रेस बैठकका लागि मेक्सिको गएकाले उनीहरू फर्केपछि यस विषयमा छलफल हुने उनले जानकारी दिए। फिफा काँग्रेसको बैठक यही वैशाख ३० र ३१ गते मेक्सिको मेक्सिको सिटीमा हुँदैछ।

प्रकाशित मिति: २९ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News