एउटै खेलाडीले ६ विकेट लिँदासमेत धोनीको टिम हार्यो


 


ipl

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भयो । हैदरावादले राइजिङ पुणे सुपरजाइन्ट्सलाई चार रनले हराएको हो ।

विशाखापट्नमा भएको खेलमा पुणेका एडम जाम्पाले चार ओभरमा १९ रन दिएर ६ विकेट लिए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । एक सय ३८ रनको लक्ष्य पछ्याएको पुणेले २० ओभरमा ८ विकेट गुमाएर एक सय ३३ रन मात्रै बनायो ।

पुणेका कप्तान महेन्द्र सिंह धोनीले २० बलमा ३० तथा जर्ज बेलीले ४० बलमा ३४ रन बनाए । हैदरावादका आशिष नेहराले तीन विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा एक सय ३७ रन बनायो । उसका लागि शिखर धवनले २७ बलमा ३३, केन विलियम्सनले ३७ बलमा ३२ तथा युवराज सिंहले २१ बलमा २३ रन बनाए ।

१० खेलबाट १४ अंक जोडेको हैदरावाद शीर्ष स्थानमा छ । ११ खेलबाट ६ अंक मात्रै जोडेको पुणे सातौं स्थानमा छ ।

प्रकाशित मिति: २९ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्