एसीसी यू –१९ इस्टर्न रिजनमा नेपालले चीनसँग खेल्दै


 


काठमाण्डौँ, असार १८

एसीसी यू१९ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा चीन विरुद्ध खेल्दैछ । साविक विजेता नेपालले यसपटक पनि उपाधि जितेर श्रीलंकामा हुने एशिया कपका लागि छनोट हुने लक्ष्य राखेको छ ।

प्रतियोगितामा म्यानमारले नाम फिर्ता लिएपछि चीनलाई पहिलो प्रतिद्धन्द्धी पाएको नेपालले पहिलो खेलमा नै सहज जितेको अपेक्षा राखेको छ । मलेसियाको किनरारा ओभल मैदानमा हुने खेल नेपाली समय अनुसार विहान पौने आठ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नै चीनको प्रदर्शन हेर्दा नेपाललाई जित निकाल्न कुनै कठिन नहुने देखिएको छ । चीन पहिलो खेलमा नै सिंगापुरसँग आठ विकेटले पराजित भएपछि नेपाललाई मैदान बाहि बसेर नै उसको क्षमता बुझ्ने मौका मिलेको छ । नेपाली टिमका प्रशिक्षक विनोद दासले चीनको टिम कस्तो छ भन्ने आफुहरुलाई त्यति जानकारी नभएपनि आफुहरुले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए ।

चीनको टिमका सबै खेलाडी स्कुल बढ्दै गरेका विधार्थी रहेका छन । यसका साथै उसले यो प्रतियोगिताका लागि खासै राम्रो तयारी गरेको छैन । जसको नतिजा सिंगापुर विरुद्धको खेलमा देखिएको छ । सिंगापुर विरुद्ध चीन मात्र २८ रनमा अलआउट भएको थियो । यता नेपाली टिमका कप्तान रोहित पौडेलले म्यानमारले नाम फिर्ता लिएर नेपाललाई झन सजिलो भएको र चीन विरुद्ध पनि सहज रुपमा जित निकाल्ने बताए ।

नेपाल र चीन पछिल्लो चार बर्षमा पहिलो पटक खेल्न लागेका हुन । यसअघिको भेटमा नेपालले चीनलाई हराएको थियो । नेपालको टिममा भोली नयाँ खेलाडीले पनि मौका पाउने सक्ने संभावना रहेको छ । विशेष गरि विशाललाई प्रशिक्षक दासले पहिलो रोजाईमा राख्ने संभावना रहेको छ ।

प्रकाशित मिति: १८ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्