अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल जेठ २ गते। आइतबार। इश्वी सन् २०१६ मे १५ तारिख। नेपाल संवत् ११३६ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– नवमी, १५:४४ बजेउप्रान्त दशमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। सुखद समाचारले थप उत्साह जगाउनेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। सोखले खर्च बढाउने देखिन्छ। मन मिल्ने साथी भेटिए पनि प्रेमको बन्धन कस्न केही समय प्रतीक्षा गर्नुहोला। सप्ताहान्तमा भौतिक साधन अभावले चिताएको काम स्थगित हुन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सुरुमा काम बिग्रने भयले सताउनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।शुभचिन्तकहरूकाे सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। पढाइलेखाइमा ध्यान केन्द्रित नहुन सक्छ। आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। काममा अनायासै प्रतिस्पर्धी देखापर्न सक्छन्। केही चुनौती देखा पर्ने भएकाले आफ्ना योजनाहरू गोप्य राख्नुहोला। प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ला। सप्ताहान्तमा स्थिति अनुकूल हुनाले फाइदा हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

प्रारम्भमा चिताएको काम बने पनि मनको डरले सताउन सक्छ। अरूको भरले मात्र मनोकांक्षा पूरा नहोला। परिवारभित्रैकाले अप्ठ्यारोमा पार्ने योग देखिएकाले मंगलबार र बुधबार सजग रहनुहोला। बिहीबारदेखि स्थितिमा सुधार आउनाले महत्वपूर्ण निर्णय लिन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। मेहनतले विभिन्न अवसर दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। वैरभाव राख्नेहरूले हार खानेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्थिक पक्ष सबल बन्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

विभिन्न अवसर जुट्नाले साता उत्साहजनक रहनेछ। बोलीको माध्यमले मनग्य लाभ उठाउन सकिनेछ। प्रशंसकहरू पनि बढ्नेछन्। कामको सफलताले उत्साह जगाउनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। टाढिएका साथीभाइ नजिकिनेछन् भने पहिलेका समस्या समेत सुल्झाउन सकिनेछ। सुखद समाचारले मन प्रफुल्लित हुनेछ। अध्ययनमा पनि राम्रो नतिजा हातलागी हुनेछ। मनग्य धन आर्जन हुने देखिन्छ। प्रेम र मित्रताको बन्धन कसिलो बन्ने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

अधैर्यपनाले केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला। काममा अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन्। बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुन सक्छ।सहयोगीहरूले फाइदा दिलाउनेछन्। टाढिएका आफन्त नजिकिन सक्छन्। चिताएको काम छिटै बन्ने देखिन्छ। नाम, दाम र इनाम हात पर्न सक्छ। आस मारेको फल पुनः प्राप्त हुने सम्भावना छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सुरुमा ईर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन्। आशा देखाउनेहरूले नोक्सानी पुर्याउन सक्छन्। सोमबारपछि सोचेको काम बन्नेछ। नाम, दाम र इनाम मिल्न सक्छ। रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ। रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ। वादविवादबाट टाढै रहनुहोला। उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आम्दानी राम्रै भए पनि विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन्। मेहनतको प्रतिफल अरूले हत्याउन सक्छन्। सहयोगीहरूको मात्र भर नपर्नुहोला। नजिकका साथीभाइ टाढिए पनि टाढाका शुभचिन्तकहरूले साथ दिनेछन्। खर्च लागे पनि बिहीबारदेखि दिगो आयस्रोत जुटाउन सकिनेछ। औंलो ठड्याउनेहरूलाई पनि जवाफ दिन सकिनेछ। आतिथ्यपूर्ण सम्मानका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

मेहनतले राम्रो फाइदा दिलाउन सक्छ। हिम्मत गर्दा धेरैको विश्वास जित्न सकिनेछ। अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ। भूमि वा पैत्रिक सम्पत्तिमा भने विवाद आउन सक्छ। प्रतिष्ठित कामको जिम्मेवारी प्राप्त हुनेछ। नयाँ व्यवसाय सुरु गर्ने मौका छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिगो कामका लागि लगानी बढाउने परिस्थिति आउन सक्छ। टाढाका साथीभाइले प्रसन्नता दिलाउनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

प्रयत्न गर्दा दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर मिल्नेछ। भाग्यले साथ दिनेछ। आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर प्राप्त हुनेछ। कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ। श्रमको उचित मूल्य पाइनुका साथै दिगो आम्दानी हुने काम प्रारम्भ गर्न सकिनेछ। नाता गाँस्नेहरूबाट भने अलि सजग रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रारम्भमा केही चुनौती देखापरे पनि प्रयास गर्दा अप्ठ्यारो परिस्थितिबाट जोगिन सकिनेछ। दीर्घकालीन योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने चेष्टा गर्नुहोला। कामको बोझ भने थपिने सम्भावना छ। परिस्थितिले खर्च बढाउन सक्छ। स्वास्थ्यमा पनि ध्यान पुर्याउनुहोला। आस मारेको काम बन्नाले उत्साहित भइनेछ। मेहनत गर्दा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। सप्ताहान्तमा केही व्यवधान आउन सक्छन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

रमाइलो यात्रा एवं मनोरञ्जनमा सुरुको समय बित्नेछ। सोखले खर्च बढाउनेछ भने ईर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन्। विवादले अप्ठ्यारोमा पार्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोला। बिहीबारदेखि स्थितिमा सुधार आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। चिताएका काम बन्नेछन् र मानसम्मान समेत पाइनेछ। सप्ताहान्तमा फाइदा नहुने र विवादास्पद कामको बोझ थपिने सम्भावना छ। शुभचिन्तकहरूको सुझावलाई ख्याल नगर्दा दु:ख पाइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अरूका विषयमा चासो लिँदा झमेला आइपर्ला। विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन्। बुद्धिको उपयोगले मात्र प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। सोमबारदेखि रमाइलो यात्रा हुने सम्भावना छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। अतिथिका रूपमा सम्मानसमेत पाइनेछ। बिहीबारदेखि अनायासै काम बिग्रन सक्छ। सहयोगीहरू कमै भेटिनेछन् भने मनको डरले पनि काममा बाधा पुर्याउन सक्छ।

प्रकाशित मिति: १ जेष्ठ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्