बिहानै गयाे भूकम्प


 


काठमाडाैं, जेठ २

आइतबार बिहान करिब ४ बजेर ३० मिनेटको आसपास काठमाडौंमा भुकम्पको झट्का महसुस गरिएको छ। सिन्धुपाल्चोक केन्द्र गरेर ४.४ रेक्टर स्केलको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।

हिजो बिहान ५ बजेर ५ मिनेट जाँदा पनि सिन्धुपाल्चोक केन्द्र गरेर ४.३ रेक्टर स्केलको पराकम्प गएको थियो। गोरखा भुकम्प पश्चात पराकम्प आउने क्रम रोकिएको छैन। अहिले सम्म वैशाख १२ को महाभुकम्प पश्चात अाज सम्म ४ रेक्टर माथीका ४५५ पराकम्प गइसकेको छ।

प्रकाशित मिति: १ जेष्ठ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्