महिला विश्वकपको उपाधि अमेरिकालाई


 


एजेन्सी । संयुक्त राज्य अमेरिकाले महिला विश्वकप उपाधि जितेको छ । आइतबार भएको फाइनलमा खेलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै अमेरिकाले उपाधि उचालेको हो ।

अमेरिकालाई उपाधि दिलाउनका लागि मेगन रापिनो र रोस लाभेल समान एक/एक गोल गरे ।  निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

सुरुबाटै लगातार आक्रामक खेलेको अमेरिकाले पहिलो हाफमा आधा दर्जनजति नेदरल्यान्ड्सको पोस्टमा प्रहर गर्यो । तर किपरले उसका सबै प्रयास असफल पर्यो ।

दोस्रो हाफको ६१ औं मिनेटमा मेगन रापिनोले पेनाल्टीमार्फत गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएकी थिइन् । बक्स क्षेत्रमा डच डिफेन्डरले अमेरिकन खेलाडीलाई किक हानेर लडाएपछि रेफ्रीले भिएआरको प्रयोग गरेर अमेरिकालाई पेनाल्टी मौका दिएकी थिइन् ।

६९ औं मिनेटमा रोस लाभेल अमेरिकाको अग्रता दोब्बर पारिन् । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल अमेरिकाले २–० ले जित्यो ।

अमेरिकाको यो चौथो उपाधि हो । यसअघि अमेरिकाले सन् १९९१, १९९९ र २०१५ मा उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको नेदरल्यान्ड्स भने उपविजेता मै सिमित भयो ।

प्रकाशित मिति: २३ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्