मेस्सीलाई २ वर्ष प्रतिबन्ध लगाउने तयारी


 


काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा खेल भावना विपरित बोलेको भन्दै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई २ वर्षे प्रतिबन्ध लाग्ने भएको छ।

दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई कारबाहीस्वरुप प्रतिबन्ध लगाउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन । प्रतिबन्ध लागेमा उनले अर्जेन्टिना र कोलम्बियाले संयुक्त आयोजना गर्ने आगामी संस्करणको कोपा अमेरिकासँगै कतार विश्वकपको लागि दक्षिण अमेरिकी छनौट खेल गुमाउनेछन ।

प्रतियोगिताको तेश्रो स्थानका लागि चिलीविरुद्ध जित निकालेपछि मेस्सीले ब्राजिललाई उपाधि जिताउन रेफ्रीहरुले भष्टचार गरेको आरोप लगाएका थिए।

प्रकाशित मिति: २४ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्