माेरङ खेलकुदमा जुगाँकाे लडाइ : नेतृत्व चयनमा राजनीति घुस्याे : कस्ले मार्ला बाजी ?


 


तेजबहादुर बन

इटहरी । मोरङ जिल्ला खेलकुद बिकास समितिमा रहेका पदाधिकारीहरूको कार्यकाल सकिनै लाग्दा नेतृत्व चयनमा राजनीति घुसेको छ । वास्तविक खेलप्रेमिहरूलाइ पन्छाएर राजनीति छवि बोकेकाहरू नेतृत्वको लाइनमा उभिएपछि अहिले मोरङ खेलकुद समिति डामाडोल सरह बनेको छ । अहिलेको नेतृत्व तथा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष किशोरलाल अमात्यको आगामि साउन १२ गते कार्यकाल सकिदैछ ।

उनको कार्यकाल सकिएलगत्तै नेतृत्वमा आउन अहिले बिशेष गरी तिन जनाको मुख्य चर्चा चलेको छ । नेकपाको राजनीतिबाट उदाएका स्थानीय युवा नेताको पहिचान बनाएका रोहित कोइराला , नेकपाकै नेता सुजय गौतम र लक्ष्मण पोखरेल मोरङ खेलकुदको अध्यक्षका लागि दाबेदार देखिएका छन ।

अध्यक्ष पदकालागि दावि गर्दै आएका कोइराला ततकालिन युवा सघ नेपालका नेता पर्शुराम बस्नेत पक्षका हुन । उनलाइ नेतृत्वमा ल्याउन बस्नेत पक्षले पुरै युवाहरू परिचालन गरेको श्रोतको दाबी छ । त्यस्तै अध्यक्षकालागि अर्का दावेदार देखिएका सुजय गौतम माधव नेपाल पक्षका युवा नेता मानिन्छन । पार्टिमा उनको ठुला नेताहरूसग हलचल बढी भएका कारण यो पटक खेलकुदको नेतृत्व उनले नै हत्याउन सक्ने श्रोतको दाबि छ ।

अर्का लक्ष्मण पोखरेल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षका युवा नेता पनि मानिन्छन । अहिले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवमा रमेस कुमार सिलवाल नियुक्ति भएलगत्तै मोरङ खेकुद विकास समितिमा पोखरेलको चान्स बढी देखिएको छ । सिलवाल ओलि निकटका युवा नेता मानिन्छन भने पोख्रेल पनि ओली पक्षकै नेता भएकै कारण यो पटक मोरङ खेलकुदमा उनले नेतृत्व पाउन सक्ने श्रोतको दावी छ ।

यता मोरङ खेलकुद विकास समितिमा नेतृत्वकालागि दावेदार देखिएका तिनै जना राजनीति छवि बोकेका कारण उनीहरू भन्दा खेलकुद क्षेत्रको बिकास गर्न सक्ने खेलप्रेमिहरू बाट कुनै एकलाइ नेतृत्व दिनुपर्ने खेलप्रेमिहरूले बताउदै आएका छन । अहिलेका अध्यक्ष किशोरलाल अमात्यको पनि भनाइ यस्तै नै छ । उनि भन्छन जो नियुक्ति भएपनि खेलकुदको बिकास हुनुपर्यो र खेल क्षेत्रलाइ माया गर्ने हुनुपर्यो ।

यता खेलकुद क्षेत्रमा राजनीतिक नियुक्ति भन्दा खेलप्रेमिहरूबाटै कुनै एकलाइ नेतृत्व दिनुपर्ने प्रदेश एक सरकार अन्तरगत सामाजिक बिकास मन्त्रालयको भनाइ । प्रदेश एक खेलकुद क्षेत्रको हव बनिसकेको अवस्थामा अब राजनीतिक नियुक्ति भन्दा खेलप्रेमिहरू जसले खेलकुदलाइ माया गृने र बिकास गर्न सक्ने अनुभवि ब्याक्तिलाइ पार्टिले नेतृत्व दिनुपर्ने प्रदेश एक सामाजिक बिकास मन्त्री जिवन घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति: २५ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्