न्युजिल्यान्डसँग हारेपछि भारतीय मिडियामा कप्तान विराट कोहली ‘भिलेन’



काठमाडौँ । न्युजिल्यान्डसँगको हारपछि भारतीय सञ्चारमाध्यमले आफ्नो देशका कप्तान विराट कोहलीलाई ‘भिलेन’ बनाएका छन्। म्यान्चेस्टरको ओल्ड ट्रार्फोडमा खेलाइएको खेलमा न्युजिल्यान्डसँग भारत १८ रनले पराजित भएपछि भारतीय मिडियाले विराट कोहली, केएल राहुल र रोहित शर्मालाई भिलेन भनेका हुन्।

२४० रनको सामान्य लक्ष्य पनि नाघ्न नसकेको जनाउँदै भारतीय टेलिभिजन एबीपी न्यूजले कप्तान विराट कोहली र ओपनरहरु केएल राहुल र रोहित शर्मालाई भिलेन भनेका हुन्। भारतले ४९.३ ओभरमा अलआउट हुँदै २२३ रन मात्रै बनाउन सक्यो।

खेलमा रवीन्द्र जडेजाले सबैभन्दा बढी ७७ रन बनाए भने महेन्द्रसिंह धोनीले ५० रनको योगदान दिए। तर दुवैले जित दिलाउन सकेनन्। दुवैले ११६ रनको गतिलो साझेदारी गरे पनि टप अर्डरका ब्याट्म्यानको प्रदर्शन निराशाजनक भएपछि भारत पराजित भएको हो। आजको खेलमा फ्लप भएका कोही, राहुल र शर्मा तीनैजनाले केबल १–१ रन मात्रै बनाउन सके।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News