ट्याक्टर पल्टिँदा चालकको ज्यान गयाे


 


डोटी, जेठ १४

डोटीको चवराचौताराबाट दीपायलका लागि आउँदै गरेको से १ त ६६४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तिखातर–६ स्थित स्यालपाखा भन्ने स्थानमा गएराति ७ बजेतिर दुर्घटना हुँदा ट्र्याक्टर चालक कैलाली घर भएका ४० वर्षीय चन्दु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

घटनास्थलमा घाइते भएका चन्दुलाई उपचारका लागि सदरमुकाम सिलगढीतर्फ ल्याउँदै गर्दा राति बीच बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । चवरा चौताराबाट खाली हिँडेको ट्र्याक्टर दुर्घनाग्रस्त भएको हो । के कति कारणले दुर्घटना भएको हो यकिन जानकारी भने प्राप्त भएको छैन ।

भिरालो र कच्ची सडकमा अनियन्त्रित गाडी चलाउँदा यस्तो समस्या आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज बिष्टको भनाइ छ । घटनास्थल सदरमुकामबाट करिब ४२ किलोमिटरभन्दा बढी टाढा रहेको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्