छाेरी बलात्कारकाे अाराेपमा बाबु पक्राउ



गोरखा, जेठ १७

छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–११ नौकिलोका ४४ वर्षीय चन्द्रबहादुर कुमाललाई पक्राउ गरेको छ ।आफ्नी ९ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको उजुरी आएपछि बाबु चन्द्रबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

पछिल्लो पटक सात÷आठ दिन पहिले चन्द्रबहादुरले छोरीलाई बलात्कार प्रयास गर्दा छोरी नमानेपछि कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ । प्रनाउ थापाले भने, “चन्द्रबहादुरलाई नियन्त्रणमा लिएर आइतबार जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद लिई थप अनुसन्धान अघि बढाएका छौँ ।”

चन्द्रबहादुरविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही सुरु गरिएको प्रनाउ थापाको भनाइ छ । गत एक महिनाको अवधिमा गोरखामा पाँच वटा जबर्जस्ती करणीका घटना भएको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News