खुकुरी प्रहार गरी एककाे हत्या, एक घाइते


 


दोलखा, जेठ १८

दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्क का ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ । दाहालको आज बिहान ६ः३० बजेको समयमा खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । ‘

खुकुरी प्रहारबाट दाहालकी श्रीमती सीता दाहाल पनि गम्भीर घाइते हुनुभएको प्रहरीले बताएको छ । खुकुरी प्रहार गरी फरार रहेका अमरबहादुर तामाङ लामालाई प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

घटनाको कारण भने आउन बाँकी नै रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ । घाइते श्रीमतीको उपचारका लागि सदरमुकाम ल्याउँदै गरेको बताइएको छ । केशव दाहालको गर्धनमा खुकरी प्रहार गरी हत्या गरिएको प्रहरीले बताएको छ

प्रकाशित मिति: १८ जेष्ठ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्