भुजेल संघको राष्ट्रिय अधिवेशनकाे तयारी तिब्र


 


bhujelएकराज भुजेल
काठमाडाैं, जेठ २०

नेपाल लोकतान्त्रिक भुजेल संघ केन्द्रीय कमिटीद्वारा आयोजित अगुवा भेला नेकपा एमालेका केन्द्रिय सदस्य तथा लोकतान्त्रिक भुजेल संघ केन्द्रिय संयोजक ज्ञानबहादुर भुजेलको अध्यक्षतामा नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ उपाध्यक्ष सुर्य बहादुर भुजेल लगायतको उपस्थितीमा सम्पन्न भएको छ । उक्त भेलाले नेपालको विभिन्न भूभागमा छरिएर रहेका भुजेल समुदायलाई जनताको बहुदलीय जनबादको लोकतान्त्रिक प्रक्रिया मार्फत राष्ट्रको मुलधारमा समावेश गर्ने उद्देश्य सहित नेपाल लोकतान्त्रिक भुजेल संघको राष्ट्रिय अधिवेशन २०७३ साल श्रावण ४ गते काठमाण्डौंमा सम्पन्न गर्ने निर्णय गर्दैै तयारीको लागि बुद्ध घर्तीको संयोजकत्वमा केन्द्रीय सचिवालय तथा विभिन्न उपसमिति निर्माण गरेको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्