प्रचण्डको उद्घोष – प्रधानमन्त्रीको अफर आएपनि लोभ गरिन


 


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूभित्रका कमि कमजोरीलाई धोइ पखाली गरेर अघि बढ्ने बताएका छन् ।

उनले कमि कमजोरी सच्याउने संकल्प गरेर अघि बढ्ने अवस्था आएको समेत बताए । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा आज बिहान कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

सो अवसरमा उनले जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादमा जाने नै पार्टीको लक्ष्य रहेको बताउँदै पार्टी एकता भएपछि जनतामा ठूला अपेक्षा भएकोमा त्यो पूरा गर्नका लागि पार्टी अब लागिपर्ने जनाए ।

उनले पार्टी एकताको प्रक्रिया अब निष्कर्षमा पुगिसकेको बताउँदै केही कुरालाई औपचारिकता दिन मात्रै बाँकी रहेको तर साउनभित्रै सबै काम सक्ने जनाए । उनले अहिलेको अवस्था नाटकीय हिसाबले नआएको जनाउँदै प्रधानमन्त्रीको अफर आएको भएपनि लोभ नगरी पार्टी एकताको प्रक्रियामा गएको बताए ।

प्रकाशित मिति: ७ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्