आयोजकले गरेको गल्तीका कारण सिंगापुरमा नेपाली क्रिकेट टिम लज्जित



काठमाण्डौ‌, साउन १२

आईसीसी टि–२० विश्वकप छनोटको अन्तिम खेलमा सिंगापुरसँग पराजित भएर पीडा बोकेको नेपाली टोली आयोजकको गल्तीका कारण थप लज्जित हुनपरेको छ । नेपाललाई जित्नै पर्ने दबाब रहेको आजको खेलमा नेपाल ८२ रनले सिंगापुरसँग पराजित भएको थियो ।

यसैबीच प्रतियोगिता सकिएपछि समापन समारोहमा सिंगापुर क्रिकेट एसोसियसनले नेपाललाई उपविजेता भनेर लगाइदिएको पदक फिर्ता गरेपछि नेपाली टिम थप लज्जित हुनपरेको हो । समान अंक ४ – ४ भएपछि रन रेटका आधारमा कतारले सो उपाधी आफ्नो टिमले पाउनपर्ने दाबी गरेपछि आयोजकले आफ्नो भनाई सँच्याएर पूनः कतारलाईनै उपविजेता घोषणा गर्यो ।

अन्तमा नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले नेपाली खेलाडीहरुबाट लगाइसकेको मेडल बटुलेर आयोजकलाई दिएका थिए । आयोजकले सो मेडल कतार क्रिकेट संघका पदाधिकारीलाई हस्तान्तरण गरेका छन् ।

टस जितेर व्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई १९२ रनको लक्ष्य दिएको थियो। १९२ रनको लक्ष्य पाएको नेपालले १५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News