नेपाली क्रिकेट टोली स्वदेश फिर्ता हुँदै


 


काठमाडौं, साउन १३

नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किदै छ । टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिता जनाएका नेपाली टोलीका सन्दीप लामिछाने र सोमपाल कामी भने टोलीमा नहुने भएको छ । आइतबार नै लामिछाने र कामी भने क्यानाडा ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता खेल्न गएका थिए ।

नेपाली क्रिकेट टोली विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएपछि सोमबार राति १० बजेर ३० मिनेटमा स्वदेश फर्कन लागेको जनाइएको छ। टोली मलेसियन एयरलाइन्सबाट टिम नेपाल स्वदेश फर्किने भएको हो । नेपाली टोली अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्