मेस्सीलाई तीन महिना प्रतिबन्ध, ५५ लाख जरिवाना


 


एजेन्सी । अर्जेन्टिनाका कप्तान तथा स्पेनी क्लब बार्सिलोनाका स्टार लियोनेल मेसी अन्तर्राष्ट्रिय फुटबलमा तीन महिना प्रतिबिन्धित भएका छन् । गत महिना सम्पन्न कोपा अमेरिका कपमा भ्रष्टाचार भएको आरोप लगाएपछि मेसीमाथि प्रतिबन्ध लगाएको हो ।

उनले ब्राजिललाई कप जिताउन फिक्स गरिएको आरोप लगाएका थिए । सो प्रतियोगितामा ब्राजिलसँग सेमीफाइनलमा पराजित भएको अर्जेन्टिनाले चिलीलाई जित्दै तेस्रो स्थान प्राप्त गरेको थियो ।

दक्षिण अमेरिका फुटबल महासंघले मेसीलाई ५० हजार अमेरिकी डलर ९५५ लाख ३३ हजार रुपैयाँ० जरिवाना समेत गरेको छ । महासंघका निर्णयविरुद्ध मेसीले सात दिनभित्र अपिल गर्न सक्ने छन् । प्रतिबन्धको कारण मेसीले सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीविरुद्ध हुने मैत्रीपूर्ण खेल गुमाउने छन् । सन् २०२२ को विश्वकप फुटबलमा छनोट खेल भने सन् २०२० मार्चबाट शुरु हुने छ ।

आयोजक ब्राजिलसँग दुई शुन्यले पराजित भएपछि अर्जेन्टिना फुटबल संघले रेफ्रीको गम्भीरको गल्तीहरु गरेको गुनासो गरेको थियो ।

प्रकाशित मिति: १८ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्