अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल असार ५ गते आइतबार । तदनुरूप सन् २०१६ जुन १९ तारिख । नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष । तिथि– चतुर्दशी, १५:१४ बजेउप्रान्त पूर्णिमा। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा केही चुनौती देखिए पनि प्रयाश गर्दा कामहरु सफल हुनेछन । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनेछन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यमा सुधार आउनेछ । व्यापार व्यवसायमा प्रशस्त लाभ हुनेछ । रमाइलो यात्राको योग रहेको छ । परिवारसंग मनमुटाब हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अध्ययन अध्यापनमा सफलता मिल्नेछ । कामबाट फुर्सद मिल्नेछ । परिवारको सहयोगले नयाँ काम संचालन गर्ने मौका मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापार व्यवसायमा आर्थिक लाभ हुनेछ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बौद्धिक काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाईसंग मनमुटाब हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । बैदेशिक ब्यापारबाट लाभ मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । बिनाकारण विवाद बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आकस्मिक धन लाभ हुनेछ । नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । सानोतिनो समस्यामा उल्झिनु पर्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारको साथले काम गर्ने उत्साह र हौसला बढ्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका अधुरा काम बन्नाले मनमा उत्साह जाग्नेछ । शत्रुहरू पराजित हुनेछन । घरायसी काममा झमेला बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काममा चुनौतिको सामना गर्नुपर्नेछ । बैदेशिक ब्यापारबाट लाभ मिल्नेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अचानक स्वास्थ्यमा समस्या आउदा खर्च बढ्नेछ । परिवारको सहयोग मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी काममा विवाद बढ्नेछ । घरायसी काममा रुची बढ्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । काममा सुधार हुनेछ ।

प्रकाशित मिति: ४ असार २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्