सबैलाई चकित पार्दै क्रिकेट वरियतामा पारसले धोनी र गेललाई पनि उछिने


 


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेका छन् ।

आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका हुन् । यसअघिको टीट्वेन्टी अलराउन्डर वरीयतामा पारस ३९औं स्थानमा थिए ।

हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनको वरियाँतामा सुधार आएको हो । उनले भारतीय खेलाडी सुरेस रैनालाई पनि पछि पारेका छन् । यस्तै सो स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि रहेका छन ।

पारसले अलराउण्डमा अफगानिस्तानका रासिद खान, डेविड वेली, क्रिस मोरीस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, बेन स्टोकलाई पछि पारेका छन । अलराउण्डर तर्फ सोमपाल कामी भने खस्किएका छन् । सोमपाल कामी ४८ औं स्थानबाट ६६ औं स्थानमा पुगेका छन् ।

बलिङतर्फ वसन्त रेग्मि र सोमपाल दुवै खस्किएका छन् । नयाँ वरियता अनुसार सोमपाल ७८ र वसन्त ७१ औं स्थानमा छन् । यस अघि सोमपाल ६६ र वसन्त ६७ औं स्थानमा थिए । नेपाली खेलाडी यो बरियतामा पुगेको अहिलेसम्मकै ठुलो हो । यसका साथै शिर्ष ५० मा पुग्ने पारस पहिलो खेलाडी पनि हुन ।

यस्तै ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन । उनको चार सय १७ अंक रहेको छ । उनले महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन । धोनी ६७ औं स्थानमा रहेका छन ।

यस्तै क्रिस गेलपनि पारस भन्दा पछाडी रहेका छन । गेल ७३ औं स्थानमा छन । यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन भने सोमपाल कामी ७८ औं स्थानमा यथावत रहेका छन ।

प्रकाशित मिति: २२ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्