यही वर्षभित्र घरजम गर्ने मुडमा नायिका ऋचा शर्मा



काठमाडौं । नायिका ऋर्चा शर्माले यसै वर्ष विवाह गर्ने संकेत गरेकी छिन् । केही समययता राणा परिवारका युवासँगको प्रेममा रहेको बताइएकी ऋर्चाले यसअघि एक अन्तर्वार्ताको क्रममा २०७६ सालमा विवाह गर्ने योजनामा रहेको बताएकी थिइन् ।

ऋचाको समकालीन साथी प्रियंका कार्की पनि यसै वर्ष बैवाहिक बन्धनमा बाँधिदैछिन् । ऋर्चाले पनि विवाह गर्ने निर्णय लिएकी छिन् । फिल्ममा अभिनय गरेकी ऋर्चा पछिल्लो समय विभिन्न रियालिटी शोहरुमा निर्णायकको भूमिकामा समेत देखिने गरेकी छिन् ।

गतवर्ष ऋर्चाले हरर फिल्म ‘सुनकेसरी’ निर्माण गरेकी थिइन् । उनलाई यो फिल्मले सोचे जति सन्तुष्टि दिएन । अब उनले हरर फिल्म खेल्ने इच्छा समेत नभएको बताएकी छिन् ।

फिल्म निर्माण तिर नदेखिएकी ऋर्चाले यही वर्ष ‘पाङग्रा एक्सपेस्र’ मार्फत व्यवसाय तिर हात हालिन् । अब भने उनी घरजम गर्ने मुडमा पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News