चलचित्र “रातो टिका निधारमा”को गीत रिलिज (भिडियो हेर्नुहोस्)


 


काठमाडौँ । अशोक शर्माको निर्देशनमा रहेको फिल्म ‘रातो टीका निधारमा’को ‘मेरो माया हो’ बोलको गीत रिलीज भएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक अंकित शर्माको अभिनय रहेको छ ।

दशैंमा रिलिज हुन लागेको फिल्ममा बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, नीता ढुंगाना, खुश्वु खड्का, राजाराम पौडेल लगायतका कलाकारको भूमिका रहेको छ ।

 

प्रकाशित मिति: २३ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्