कतारमा नायिका सुष्मा अधिकारीको मस्ती


 


काठमाण्डौँ । नायिका सुष्मा अधिकारीले कतारमा स्टार इन्टरनेशनल अवार्ड कार्यक्रममा सहभागी हुने क्रममा त्यहाँ रमणिय स्थलमा मस्ती गरेको तस्विर सार्वजनिक भएको छ ।

हट नायिकाको रुपमा चर्चामा आएकी सुष्मा यतिबेला कतारबाट फर्किएपछि जापान जाने तयारीमा छिन् । १७ अगष्टमा हुने ईन्कोरेजमेन्ट अवार्डमा सहभागी हुन उनी जापान जाँदैछिन् ।

कतार भ्रमण निकै नै फलदायी भयो उनले भनिन् – रमणिय स्थलमा रमाईलो गर्ने अवसर मिल्यो । काठमाण्डौँको बालुवाटारमा बस्दै आएकी नायिका अधिकारी पछिल्ले समय बिभिन्न देशमा हुने कार्यक्रममा सहभागी हुने क्रममा व्यस्त बनेकी हुन् ।

बिगत ८ वर्षदेखी नेपाली कलाकारिता क्षेत्रमा लागिपरेकी सुष्माले आधुनिक, पप, लोकगीत गरी हालसम्म तीन सय बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

यस्तै उनले नेपाली चलचित्र अनौठो प्रेम कथा, पिपल, खुर्पा, चि मुसी चिका साथै भोजपुरी चलचित्र देवाना दुई र जय मधेशमा समेत अभिनय गरिसकेकी छन् ।

प्रकाशित मिति: २९ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्