बालिका बलत्कारकाे अाराेपमा प्रकाउ


 


दाेलखा, असार १३

तीन वर्षिया नाबालीकालाई जबरजस्ती करणी  गरेको आरोपमा दोलखाको सुन्द्रावति गाविसका एक युवकलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ । गाविसको वडा नम्बर ९ बस्ने १८ वर्षिया बिमल थामीलाई तिन वर्षिया नाबालिकालाई घरमा कोहि नभएको मौका पारी जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरीएको दोलखाका प्रहरी नायव उपरिक्षक बेल बहादुर पाण्डेले जानकारी दिनुभयो ।

थामीले छिमेकी जिबन थामीको घरको ढोका नजिकै लगी नाबालीकालाई जबरजस्ती करणी गरेका थिए । जबरजस्ती करणी पश्चात भागेका थामीलाई आजै पक्राउ गरी जवरजस्ती करणी मुद्दामा दोलखा जिल्ला अदालतबाट दिन ३ को म्याद लिई अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रकाशित मिति: १३ असार २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्