यु – १५ साफ फुटवलमा नेपाल आयोजक भारतसित ५–० ले पराजित


 


काठमाडौं, भदौ ४

१५ वर्षमुनिको साफ फुटबल च्याम्पियनसिपमा नेपालले खराब सुरुआत गरेको छ । भारतको कल्याणीमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको पाँचौं संस्करणमा नेपाल पहिलो खेलमा आयोजक भारतसित ५–० को फराकिलो अन्तरले पराजित भएको हो ।

भारतका लागि महेसनले दुई तथा अनिश मजुमदार, टाइसन सिंह र सिद्धार्थले एक/एक गोल गरे । नेपालले दोस्रो खेलमा शुक्रबार श्रीलंकासित खेल्नेछ । त्यसैगरी, भदौ १० गते बंगलादेशसित र भदौ १२ गते भुटानसित खेल्ने तालिका छ । पाँच राष्ट्र सहभागी साफमा शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् ।

प्रकाशित मिति: ४ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्