सनी लियोनी किन नेपाल आउँदैछिन् ?


 


काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउने भएकी छन् । अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी फिल्म ‘पासवर्ड’ फिल्मको प्रिमियरका लागि नेपाल आउन लागेकी हुन् । अभिनेत्री सनीले भिडियो सन्देश बनाउँदै आफू नेपाल आउँदै गरेको जानकारी गराएकी हुन् ।

‘पासवर्ड’ फिल्मको निर्माण पक्षले आगामी ११ सेप्टेम्बरका दिन काठमाडौंमा ग्राण्ड प्रिमियरको आयोजना गरेको छ । भिडियो सन्देशमा अभिनेत्री सनीले फिल्मको ‘प्रोमोशनल इभेन्ट एण्ड प्रिमियर’का लागि नेपाल आउन लागेकी जानकारी गराएकी छन् ।

साथै सनीले फिल्म ‘पासवर्ड’को सफलता शुभकामना समेत दिएकी छन् । १३ सेप्टेम्बरबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्ममा अनुपबिक्रम शाही, बिक्रम जोशी, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार लगाएतको मुख्य भूमिका रहेको छ । फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन्, भने सम्राट बस्नेतको निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: ४ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्