अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल असार १८ गते शनिबार। इश्वी सन् २०१६ जुलाई २ तारिख। नेपाल संवत् ११३६ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– त्रयोदशी, २०:३६ बजेउप्रान्त चतुर्दशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सद्भाव बढ्नेछ । काम गर्ने हौसला र आत्मविश्वास बढ्नेछ । अध्ययन अध्यापन मध्यम रहनेछ । प्रेमी प्रेमिकाबीच खटपट हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक खर्च नियन्त्रण हुनेछ । आर्थिक कारोबार बढ्नेछ । नयाँ काम संचालन गर्ने मौका मिल्नेछ । पढाई लेखाइमा मन लाग्नेछैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमाइलो यतारको अवसर मिल्नेछ । काम गर्ने इच्छाशक्ति बढ्नेछ । नयाँ सवारी साधन किन्ने मौका मिल्नेछ । मन प्रसन्न रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काम गर्ने हौसला र उत्साह बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । परिवारको सहयोग मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आय आर्जनमा रोकावट आउनेछ । कृषि कामबाट प्रशस्त फाइदा मिल्नेछ । ब्यापार ब्यबसायबाट सामान्य फाइदा हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक सुख प्राप्त हुनेछ । सामाजिक कार्यमा समय बित्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सानोतिनो चोटपटक लाग्न सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ । आर्थिक सहयोग मिल्नेछ । दाम्पत्य जीबनमा खुसियाली छाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक क्षेत्रमा सुधार आउनेछ । धार्मिक क्षेत्रमा सफलता मिल्नेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक कार्यमा समय बित्नेछ । कार्यव्यस्तता बढ्नेछ । प्राविधिक कार्य सफल हुनेछन् । अचानक स्वास्थ्यमा समस्या आउनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बौद्धिकता बढ्नेछ । आम्दानीको स्रोत फेला पर्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ । साझेदारी काममा विवाद बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक प्रतिष्ठा बढ्नेछ । धार्मिक कार्य बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा खटपट आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका अधुरा कार्य पूरा हुनेछन । व्यापार ब्यबसायमा सुधार हुनेछ । पढाई लेखाइमा सफलता मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।

प्रकाशित मिति: १८ असार २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्