इपिएल मा आर्सनल र टोटनह्याम बराबरीमा


 


लण्डन, १६ भदाै । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम २–२ गोलको बराबरीमा रोकिएका छन् ।

आइतबार राति भएको खेलमा सुरुमै २ गोलको अग्रता बनाए पनि टोटनह्यामले बराबरीमा चित्त बुझाउन परेको थियो ।

क्रिष्टियन इरिक्सनको गोलमार्फत १० औं मिनेटमा अग्रता बनाएको टोटनह्यामले ४० औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । हेरी केनले गोल गर्दै टोटनह्यामले सेफ जोनमा लगेका थिए ।

तर पहिलो हाफको अतिरिक्त समयमा एलेक्जेन्डर लाकाजेटीले गोल गर्दै टोटनह्यामसँगको अग्रता २–१ मा झारेका थिए । बल पोजेशन राम्रो राखेको आर्सनलका लागि पेरर इमरिकले गोल गर्दै ७१ औं मिनेटमा बराबरी गरेका थिए ।

त्यसपछि थप गोल नभएपछि दुवै टिमले एक एक अंक लिएका हुन् । आर्सनल ७ अंकसहित पाँचौ स्थानमा उक्लँदा टोटनह्याम ५ अंकसहित नवौं स्थानमा पुगेको छ ।

प्रकाशित मिति: १७ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्