फिफा विश्वकप २०२२ काे प्रतिक चिन्ह सार्वजनिक



कतार, ४ सितम्बर
सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकपको आधिकारिक प्रतिक चिन्ह सार्वजनिक भएको छ । फिफा विश्वकपको प्रतिक चिन्ह स्थानीय समय अनुसार रातको ८ः२२ मा सार्वजनिक गरिएको थियो ।

कतारका चर्चित भवनहरु बुर्ज दोहा, कतार कल्चरल भिलेज एम्पिथिएटर, सोक बाकिफ र अल जुबराह फोर्टमा एक्कै पटक चिन्हलाई प्रोजेक्ट गरेर प्रतिक चिन्ह सार्वजनिक गरिएको थियो ।

कतारका अतिरिक्त प्रतिक चिन्हलाई विश्वका २४ प्रमुख सहरमा पनि उही समयमा सार्वजनिक गरिएको थियो ।

प्रतियोगिताका संचालकका अनुसार, प्रतिक चिन्हको घुमाउरो वक्रले मरुभूमिको ‘डुन(बालुवाको ठूल–ठूला थुम्का)’लाई प्रतिविम्बित गर्छ ।

त्यस्तै कतै पनि नटुटेको फित्ताजस्तो आक्रृति अग्रेजीको आठ अंकजस्तो र गणितमा असंख्य जनाउने चिन्हजस्तो पनि देखिन्छ । ती दुवैमा त्यसको अर्थ लुकेको आयोजकले बताएका छन् ।

आठले कतार विश्वकपमा खेलहरु संचालन हुने आठ वटा रङ्गशालालाई प्रतिविम्बित गर्छ भने असख्यं आकृतिले प्रतियोगिताले असंख्य मानिसलाई खेलमार्फत जोड्ने ल्याउनेतर्फ इग्ङित गर्छ ।
केही विश्वचर्चित फुटबल खेलाडिले पनि आगामी विश्वकपको उक्त प्रतिक चिन्हलाई आफ्नो समाजिक संजालमा शेयर गरेका छन् ।

सन् २०२२ मा हुन लागेको फुटबल विश्वकपको २२ औं सस्करण पहिलो पटक अरब प्रायद्विपमा हुदैंछ । सन् २०२२ नोभेम्बर २१मा सुरु हुने प्रतियोगिताको फाइनल खेल सन् २०२२ डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवसको दिन समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News