सरकारले गर्यो ३० महिनामा गर्नुपर्ने काम १७ महिनामै पूरा, अब जनताले दुःख नपाउने



काठमाडौं, भदौ २५
बहुप्रतीक्षित एवं बहुउपयोगी नेपाल–भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि सञ्चालनमा आएको छ। ३० महिनाको सरकारको यो लक्ष्य १७ दिनमै पूरा भएको हो । अन्नपूर्णमा खबर छ ।

अबदेखि सीमा क्षेत्रमा भइरहने अवरोधका कारण पेट्रोलियम पदार्थ हाहाकार नहुने भएको छ । यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय परियोजना हो।

यसको सञ्चालनबाट अबदेखि ‘जति बेला जति आवश्यक पर्छ, अवरोधबिनै त्यति इन्धन देशमा भित्र्याउन सकिनेछ । सीमा क्षेत्र र सडकमार्गमा भइरहने आन्दोलन र विभिन्न प्रकारका अवरोधका कारण हुने इन्धन अभावबाट उपभोक्ताले अब छुट्कारा पाउने नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

यससँगै ढुवानी लागत घटेको सन्देश दिन निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News