गृहमन्त्री थापाका भाई नरेश पक्राउ, यस्तो छ गम्भीर कारण


 


काठमाडौं, भदौ २६
गृहमन्त्री रामबहादुर थापाका साहिला भाई नरेश थापा पक्राउ परेका छन् । फिरौती असुलीमा संलग्न रहेको उनलाई प्रहरीले पक्राउ गरेको हो । कान्तिपुरमा खबर छापिएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान बस्नेतले जेलभित्रैबाट फिरौती संकलन तीव्र बनाएको सूचना पाएपछि त्यसको अनुसन्धान गर्दै जाँदा गृहमन्त्रीका भाइ नरेश पनि पक्राउ परेका हुन् ।

समीरका सहयोगीहरु पवन खड्का र सुरेन नगरकोटी पक्राउ परेपछि उनीहरुको कल डिटेल हेर्दा गृहमन्त्रीका भाइ नरेश र पवनबीच ‘मिलेर काम गर्नुपर्छ’ भन्ने आशयका सन्देश आदान प्रदान भएको देखिएको समाचारमा उल्लेख छ ।

अनुसन्धान अधिकारीले यो मिलेर काम गर्नुलाई समीरकै योजनाअनुसार व्यापारी र व्यवसायीलाई धम्काएर फिरौती संकलन गर्नुको अर्थमा बुझेका छन् ।

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्