करोडौं कर मिनाहा गर्न परराष्ट्रकै चलखेल, यसरी हुँदैछ जोडबल


 


काठमाडौं, भदौ २६
सरकारले कूटनीतिक नियोगमा लाखौं रुपैयाँ बुझ्ने कर्मचारीलाई कर मिनाहा दिने तयारी गरेको खुलासा भएको छ । कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई कर मिनाहा गराउन लागिएको हो । नागरिकमा खबर छ ।

आयकर ऐनले दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट दिने र बाँकी २४ प्रतिशतमा पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ । तर कानुनले तोके पनि १० वर्षदेखि नियोगमा काम गर्ने कर्मचारीले पारिश्रमिक कर तिरेका छैनन् ।

अहिले यस्तो करको रकम १७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । परराष्ट्र मन्त्रालयले यही करबापतको रकम मिनाहा गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारीसमेत गरेको छ । यसका लागि सम्बद्ध पक्षहरु जोडबलका साथ लागिरहेको बताइएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्