जागिर खुवाउने मेसाेः विकल्प हुँदाहुँदै धमाधम करारमा कर्मचारी भर्ना गरिदै


 


काठमाडौं, भदौ २६
सरकारले अतिरिक्त व्ययभार बढाउनेगरी गरिबसँग विश्वेश्वर कार्यक्रम सञ्चालनमा ४१८ जनालाई करारमा नियुक्त गर्न लागेको छ । स्थानीय तहबाटै कार्यक्रम व्यवस्थापनको विकल्प हुँदाहुँदै पनि संघीय सरकारले यो तयारी गरेको हो । कान्तिपुरमा खबर छ ।

मासिक तलब/भत्ता र अन्य सेवासुविधासहित भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबसँग विश्वेश्वर कार्यक्रममा लागि ७७ जिल्ला समन्वय समितिमा जिल्ला समन्वयकर्ता र ३४१ स्थानीय तहमा सामाजिक परिचालक नियुक्त गर्न लागेको छ ।

संघीय सरकारअन्तर्गत ४ हजारभन्दा बढी कर्मचारी कामविहीन अवस्थामा बसेका भएपनि सरकारले पुन: कर्मचारी भर्ना गरिरहेको छ ।

मन्त्रालयसँग संघमा रहेका फाजिल कर्मचारीलाई कार्यक्रम व्यवस्थापकका रुपमा परिचालन गर्ने वा स्थानीय तहबाटै त्यसको सञ्चालन गर्ने विकल्प थियो ।

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्