दक्षिण एसियामा डेंगुको एकै भाइरस, विज्ञ भन्छन्, ‘खासै उपचार छैन’


 


काठमाडौं, भदौ २७
अहिले दक्षिण एसियामा डेंगुको प्रकोप फैलिरहेको छ । अहिले फैलिरहेको डेंगु एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। आजको अन्नपूर्णमा खबर छ ।

डेंगु उपचारका कुनै निश्चित औषधि एवं खोपसमेत नभएका कारण पनि उपचारमा चुनौती थपिएको विज्ञको भनाइ छ।उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्।

‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा संक्रमण बढाइरहेको लामखुट्टेको भाइरस भएको भारतका वरिष्ठ किटविज्ञ डा. बीएन नागपालले बताए । लामखुट्टेको लार्भा नष्ट गर्नु चुनौती भएको उनले बताए। समुदायस्तरबाट डेंगु नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने उनको सुझाव छ ।

लामखुट्टेको अन्डा तथा लार्भा नष्ट गर्नुबाहेक विकल्प नभएको डा.नागपालले बताए। डब्लूएचओका अनुसार विश्वको करिब आधा जनसंख्या डेंगु संक्रमणको जोखिममा छन्।

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्