केन्द्र सरकारका विधेयकविरुद्ध उत्रियाे प्रदेश २ सरकार, मुख्यमन्त्रीले दिए गम्भीर चेतावनी


 


काठमाडौं, भदौ २७
प्रदेश नम्बर २ सरकार संघीय सरकारले पेस गरेका विधेयकविरुद्ध उभिएको छ । प्रदेश सरकारको अधिकार कुण्ठित गर्ने गरी केन्द्र सरकारले विधेयक ल्याएको भन्दै प्रदेश सरकार विरुद्धमा उत्रेको हो । नयाँ पत्रिकामा खबर छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारले ल्याएका विधेयकविरुद्ध सर्वोच्च अदालत जाने चेतावनीसमेत दिएका छन् । उनले विहीबार काठमाडौंमा आयोजित कार्यक्रम सो चेतावनी दिएका हुन् ।

प्रदेश सरकारको अधिकार कुण्ठित गर्ने गरी केन्द्र सरकारले ल्याएका विधेयक तथा ऐनको एकमुष्ठ खारेजीका लागि आफूहरू सर्वोच्च जाने उनको भनाइ छ ।

‘हामी प्रदेशको अधिकार खोस्ने विधेयकलाई एकमुष्ठ रूपमा खारेजी गर्न तयारी गर्दै छौँ,’ राउतले भने । संविधानले राष्ट्रिय वनसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएकोमा केन्द्र सरकारले गलत तवरले आफ्नो मातहतमा राख्ने प्रयास गरिरहेको उनले आरोप लगाए ।

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्