पक्राउ परेका गृहमन्त्रीका भाईको थियो यस्तो योजना, गुण्डानाइकेसंग संलग्नता


 


काठमाडौं, भदौ २७
असुलीमा संलग्न रहेकाे आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुुर रामबहादुर थापाका भाइ नरेशकाे गुण्डानाइकेसँग कनेक्सन रहेको खुलासा भएको छ ।

पक्राउ परेका पवन खड्काले दुर्बइमा रहेका जावेदलाई पठाएको सन्देशमा नरेशलाई फिरौती योजनामा केही गाह्रोसाह्रो पर्दा प्रहरी गृह प्रशासन सबै मिलाउन र मान्छे भगाउन सक्ने व्यक्तिका रूपमा उल्लेख गरिएको छ । कान्तिपुरमा समाचार छ ।

पछिल्लो पटक जेलभित्रैबाट फिरौती उठाउने योजना बनाइएको थियो । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्तका रुपमा केन्द्रीय कारागारमा रहेका समीरमान बस्नेतलाई कारागारमै मोबाइल फोन उपलब्ध गराएर झण्डै ८६ जना व्यापारी व्यवसायीसँग फिरौती असुल्ने योजना बनाएका थिए ।

‘साउन अन्तिम साता पक्राउ परेका पवन र सुरेनले व्यवसायी, निजी विद्यालय सञ्चालक, उद्योगी र व्यापारीलाई फोन गरेर रकम मागेको देखिन्छ । रकम असुल्न समीरमानकै अगुवाइमा पवन र दुबईमा रहेका जावेद अनवरदिनले योजना बनाएका थिए । उक्त योजनामा पछि कैलाश वीरवल हुँदै गृहमन्त्रीका भाइ नरेश पनि जोडिएको खुलासा भएको हो ।

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्