परस्त्रीसँग सम्बन्ध राख्ने गाउँपालिकाका अध्यक्षविरुद्ध महिलाहरू, मागे राजीनामा


 


प्युठान, भदौ २८
प्युठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले परस्त्रीसँग अवैध सम्बन्ध राखेको भन्दै उनको राजीनामा माग गरिएको छ । गाउँपालिकाका महिलाहरुले राजीनामा माग्दै ज्ञापन पत्र बुझाएका हुन् । नयाँ पत्रिकामा खबर छ ।

जिल्ला समन्वय समितिमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् । शुक्रबार ज्ञानुमाया केसीको नेतृत्वमा १३ जना महिलाले अध्यक्षले पदबाट राजीनामा दिएर गाउँपालिकाका जनतासँग माफी माग्नु पर्ने माग राखेका छन् ।

हिलाहरूले ज्ञापन पत्रसहित गाउँपालिका अध्यक्षको परस्त्रीसँगका नग्न तस्बिरहरु, मन्दिरमा खिचिएका तस्बिरहरू, म्यासेञ्जरमा भएका कुरासहित प्रयोग भएका शब्दहरु घिन लाग्दा र आपत्तिजनक कुरामाथि गम्भीरतापूर्वक छानविन हुनुपर्ने उल्लेख गरेका छन् ।

ज्ञापन पत्रमा विष्णु गिरी सामान्य मान्छे नभई जनताबाट निर्वाचित स्थानीय सरकार प्रमुख हुन् । उनीबाट गाउँपालिकाका जनताको इच्छा, आकंक्षा र मर्यादा अभिव्यक्त हुनु पर्ने उल्लेख गरिएको छ ।

श्रीमती सीता केसीले जिल्ला प्रहरी कार्यालय प्युठानमा १० भदौमा हुलाकमार्फत बहुविवाहमा जाहेरी दर्ता गराएपछि अध्यक्ष गिरी प्रहरी हिरासत छन् ।

प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्