टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड सम्पन्न


 


काठमाडौं, भदौ २८
नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आफ्नो उपभोक्ता प्रवद्र्धन योजना अन्र्तगत “टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड” प्रतियोगिता शनिबार काठमाडौंमा सम्पन्न गरेको छ ।

यो दौडमा सर्वसाधरण नागरिकहरु लगायत चर्चित कलाकारहरु, राजनैतिक व्यक्तित्वहरु, संचारकर्मीहरु, खेलाडीहरु, म्याराथुनधावक वैकुण्ठ मानन्धर र मीरा राई लगायतको सहभागिता थियो । रमाइलो दौड विहान ८ बजे नक्साल बालमन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगेर सम्पन्न भएको थियो ।

दौडको प्रारम्भ गर्दै खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले छोटो दूरीको म्याराथन दौड आयोजना गरेर जगदम्बा मोटर्सले दौड्नु स्वास्थ्यको लागि लाभप्रद छ भनेर सन्देश दिन खोजेको बताए । दौडमा सहभागी बनेका कलाकार निखिल उप्रेती र प्रदिप खड्काले यो दौड प्रतियोगिता भन्दा पनि रमाइलो र मनोरन्जनको लागि आयोजना गरिएकोले सहभागी बन्न पाउँदा रमाइलो लागेको बताए ।

रमाइलो दौड प्रतियोगितामा सहाभागी भएका सबैजनालाई टिभिएस बाइक तथा स्कुटर खरीदमा एक हजार नगद छुट दिइने उपहार प्रदान गरिएको थियो भने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीहरुलाई क्रमशः ५०, २५ र १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । रमाइलो दौडमा प्रथम स्थान नेपाल आर्मीका हरि रिमाल, द्वितीय नेपाल आर्मीकै दिपक अधिकारी र तृतीय स्थान पनि नेपाल आर्मी गजेन्द्र राई विजयी भए ।

शंकर ग्रुप प्रा.लि.का प्रबन्ध निर्देशक शाहिल अग्रवालले जगदम्बा मोटर्सले पहिलो पटक आयोजना गरेको रमाइलो दौडलाई सफल बनाउन सहभागी सबैलाई धन्यवाद व्यक्त गरे । उनले भने तपाईंहरुले उत्साहजनक रुपमा सहभागी भै दिनु भएकोमा म कम्पनी व्यवस्थापनको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।

यहाँहरुले जुन उत्साह एवं हौसलाका साथ निर्धारित दूरी पूरा गर्नु भएको छ, त्यसले हामीलाई पनि आगामी दिनका लागि थप हौसला प्रदान गरेको छ । आगामी दिनमा पनि हामी तपाईं ग्राहकहरुसँग प्रत्यक्ष सम्बन्ध राख्ने यसप्रकारको योजनाहरु संचालन गर्ने प्रण गर्दछौं प्रवन्ध निर्देशक अग्रवालले भने ।

प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्