रुपन्देहीमा गोली हानेर एक जनाको हत्या, पाँच लाख रुपैयाँ लुटियो


 


बुटवल, भदौ २९
रुपन्देहीको रोहणी गाउँपालिकामा बैंकबाट रुपैयाँ निकालेर आएका व्यक्तिलाई लुटेरा समूहले गोली हानेर हत्या गरेका छन् । गोली लागेर ओमसतयिा गाउँपालिकाका वडा नम्बर ५ का महेन्द्र कुर्मीको मृत्यु भएको छ ।

उनको साथमा रहेको पाँच लाख रुपैयाँ पनि लुटेराले लुटेल लिएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कुर्मीले बैकबाट रुपैयाँ निकालिसकेपछि उनलाई लुटेरा समूहले पछ्याइरहेको पाइएको बताए ।

लुटेराको गोली लागेपछि कुर्मीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले लुटेरा समूहको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्