त्रिभुवन विमास्थलबाट सुन ल्याउँदै गर्दा दुई जना पक्राउ


 



काठमाडौं, असोज १५
काठमाडौंको चावहिलबाट सुनसहित दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरीले टोलीले दुई जनालाई अबैध सुनसहित पक्राउ गरेको हो ।

प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुवबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादर परियारलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मंगलबार साँझ पक्राउ गरेको वृत्तका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक छुदुलाल कामतीले बताए । उनकाअनुसार त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व कार्यालय पठाइएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्